केएमसी अस्पतालमा स्याङ्जा जिल्लावासीलाई सबै प्रकार उपचार नि:शुल्क

२०८१ फाल्गुन ११, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,११ चैत । काठमाडौ मेडिकल कलेज सिनामंगलले एक दिनको लागि स्याङ्जा जिल्लावासीलाई उपचार निशुल्क गर्ने भएको छ । चैत ४ गते स्याङ्जा जिल्लावासिलाई अस्पतालमा उपचार निशुल्क गर्ने गरि स्याङ्जा क्षेत्र २ का सांसद नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङ र कलेजका प्रोपाइटर सांसद डाक्टर सुनिल शर्मा बीच विपन्नताका कारण उपचार गराउन नसक्नु भएका स्याङ्जाका बिरामीहरुलाई उपचार गर्ने सहमति भएको हो ।

सम्झौता अनुसार औसधि,औसधिजन्य सामान र खाना बाहेक “अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटिस्क्यान, एमआरआई” लगायत सबै निशुल्क गर्ने व्यवस्था मिलाइएको छ । तर बिरामीले उपचार गराउन आउँदा बिमा गराएको भए बिमा कार्ड अथवा विपन्नताको सिफारिस लिएर आउन भनिएको छ ।

उपचारको लागि लागि थप जानकारी आवश्यक परेमा माननीय धनराज गुरुङको सचिवालयलाई सम्पर्क गर्न सकिने पनि गुरुङको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय