पूजा खड्का
स्याङ्जा,१२ फागुन । राष्ट्रियता लोकतन्त्र समाजवाद विद्यार्थी एकता हाम्रा आदर्श हुनू भन्ने अभिप्राय सहित सुरुवात भएको नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई कार्य समितिले साप्ताहिक खेलकुद कार्यक्रमको समापन गरेको छ। फागुन ८ गते देखि सुरु भएको खेलकुद कार्यक्रम ११ गते समापन भएको हो ।
नेपाली कांग्रेस स्याङ्जा जिल्लाका कार्यबाहक सभापति केदार काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उहाले नेपाल विद्यार्थी संघ नेपाली काङ्ग्रेसको भातृ संगठन रहेको र पार्टीका विविध गतिविधिमा संलग्न र सक्रिय रहेर कार्य गरिरहेको जनाउदै आउँदो दिनमा पनि सकारात्मक विकास समाज सुधार मा सक्रिय भूमिका रहने गरी संगठन बलियो बनाउँदै अघि बढ्न सुझाब गर्नु भयो। साप्ताहिक कार्यक्रम शान्तिपूर्ण र अनुशासित तवरमा सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै खेल ले स्वास्थ्यका साथमा क्षमता प्रदर्शन गर्न मा सहायक हुने लुकेर रहेको प्रतिभा प्रस्फुटन हुन सहज हुने माध्यम रहेको भन्दै नेपाल विद्यार्थी संघ वालिङ्ग बहुमुखी क्याम्पस कार्यसमिति लाई धन्यवाद दिनुभयो। उहाले आफू वालिङ बहुमुखी क्याम्पस को पुर्व विद्यार्थी रहेको जनाउदै २०४४ सालमा स्वयं स्वतन्त्र विद्यार्थी युनियन वालिङ बहुमुखी क्याम्पसको सभापति भएको स्मरण गर्दै नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस लाई नेपाली कांग्रेस स्याङ्जा र व्यक्तिगत रुपमा आफूले सदा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख विष्णु गैह्रेले वालिङ बहुमुखी क्याम्पसमा विभिन्न संघ संगठन रहेता पनि यसरी साप्ताहिक कार्यक्रम अहिले सम्म कुनै पनि संघ संगठनले नगरेको व्यक्त गर्दै नेपाल विद्यार्थी संघले साप्ताहिक खेलकुद कार्यक्रम शान्तिपूर्ण, अनुशासित र मर्यादित तवरमा समापन गरेकोमा खुसी व्यक्त गर्दै समिति लाई धन्यवाद व्यक्त गर्नुभयो। त्यसै गरी नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ध्रुव पंगेनीले आयोजक कार्य समितिलाई धन्यवाद दिँदै भातृ संगठन मा संगठित भएर कार्य गर्नुपर्ने बताउनुभएको थियो।
फागुन ८ गते देखि सञ्चालन भएको विविध खेलकुद अन्तर्गत म्युजिकल चियर,तातो आलु र घैटो फुटाइ प्रतियोगिता रहेको थियो भने फागुन ९ गते डोरि तान्ने, कबड्डी र हाजिरी जवाफ प्रतियोगिता रहेको नेपाल विद्यार्थी संघ वालिङ्ग बहुमुखी क्याम्पस इकाई कार्यसमितिका सचिव बबिन पाठकले जानकारी दिनुभयो। त्यसै गरी फाल्गुन १० गते भलिबल प्रतियोगिता र फाल्गुन ११ गते भलिबल प्रतियोगिता को फाइनल खेल सङ्गै समापन कार्यक्रम भएको थियो।
खेलकुद प्रतियोगिता अन्तर्गत म्यूजिकल चियरमा संयोग पंगेनी प्रथम हुनुभएको छ भने राधिका कुँवर दोस्रो स्थान हासिल गर्नुभएको छ। त्यसै गरी तातो आलु खेलमा रोशनी अर्याल प्रथम र क्रिस कुवरले दोस्रो स्थान हासिल गर्नुभएको छ। हाजिरी जबाफ प्रतियोगिता मा सफल लुइँटेल, बिना रेग्मी र ज्ञानु माया विक को समुह प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ भने दोस्रो स्थान मा सुमन सुबेदी, मुना भण्डारी र सबिना भट्टराई रहनुभएको छ।
त्यसै गरी डोरी तान्ने खेल अन्तर्गत संयोग काफ्ले, अंकित नेवार,अमित थापा, अविनाश गुरुङ्ग, प्रनिल गुरुङ्ग, सुब्बा मगर अनिश गुरुङ्ग को समुह ब्याचलर प्रथम वर्ष रहेको छ भने महिला तर्फ कक्षा १२ को समुह प्रथम स्थान हासिल गर्न सफल रहेको छ। त्यसै गरी कबड्डी प्रतियोगिता को पुरुष तर्फ ब्याचलर चौथो वर्ष प्रथम स्थान हासिल गर्न सफल भएको छ भने महिला तर्फ कक्षा १२ को समुह प्रथम स्थान हासिल गरेको छ।
पुरुष भलिबल प्रतियोगिता तर्फ कक्षा १२ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने ब्याचलर समुह ले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरी महिला भलिवल प्रतियोगिता तर्फ ब्याचलर प्रथम भएको छ भने कक्षा १२ दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ।
कार्यक्रम नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस इकाई कार्यसमितिका सभापति निरज श्रेष्ठको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन इकाइ सचिव बबिन पाठकले गर्नुभएको थियो। कार्यक्रममा नेपाल विद्यार्थी संघ क्याम्पस इकाई देखि केन्द्रीय स्तर सम्म का युवा नेता कलेज मा अध्यनरत बिधार्थी हरुको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम मा बोल्दै वालिङ्ग बहुमुखी क्याम्पसका इकाई कार्यसमितिका सभापति निरज श्रेष्ठले नेपाल विद्यार्थी संघ सदा विद्यार्थीको समस्यामा समाधानको लागि अघि बढेको जनाउँदै आउँदो दिनमा पनि समाधानको लागि जुटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम सफल बनाउन सहयोगी हात र संघ प्रति आभार प्रकट गर्दै सकारात्मक सुधार मुलक कार्यमा अघि बढ्न नेपाल विद्यार्थी सङ्ग सदा लागिपर्ने बताउनुभयो।
स्वतन्त्र विद्यार्थी युनियन वालिङ्ग बहुमुखी क्याम्पस का सभापति सन्दिप कंडेल कार्य व्यस्तता का कारण कार्यक्रममा सहभागी हुन नसकेको जानकारी गराउँदै श्रेष्ठले कंडेललाई सम्झिदै कार्यक्रम सम्पन्न गर्न आवश्यक सल्लाह सुझाव दिदै सहजीकरण गरेको मा आभार व्यक्त गर्दै आयोजक वालिङ्ग बहुमुखी क्याम्पस प्रति आभार व्यक्त गर्दै सहयोगी सम्पुर्ण टिमलाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो।
उहाले हरेक वर्ष क्याम्पसले वार्षिकोत्सबको अवसरमा खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको तर अहिले बार्षिकोत्सव नगरेकोमा दुःख व्यक्त गर्नुभयो। क्याम्पसले बार्षिकोत्सव मनाउन असमर्थ रहेका कारण नेपाल विद्यार्थी संघले खेलकुद कार्यक्रम को आयोजना गरेको बताउनु भयो। उहाले क्याम्पस ले अनुमति दिएमा नेपाल विद्यार्थी संघ वालिङ बहुमुखी क्याम्पस कार्यसमिति ले क्याम्पसको वार्षिकोत्सब पनि यहि फाल्गुन मसान्तसम्म गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो।