बाहुनथानबाट वालिङ आउदै गरेको मोटरसाइकल दुर्घटना, दुई जना घाइते

२०८१ फाल्गुन २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुवास रेग्मी

स्याङ्जा , २९ फागुन । बाहुनथानबाट वालिङ आउदै गरेको मोटरसाइकल कागजी भञ्ज्याङमा दुर्घटना भएको छ।

बाहुनथान बाट वालिङ् आउदै गरेको लु ३७ प १५८२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। कागतीभञ्ज्याङ नजिकै माथिल्लो सडकबाट दुर्घटनामा परेको मोटरसाइकल तल्लो सडकमा पुगेको घटनास्थलमा रहनु भएका वालिङ् बहुमुखी क्याम्पसमा पुर्व क्याम्पस प्रमुख युवराज पाठकले जानकारी दिनुभयाे । दुर्घटनामा मोटरसाइकलमा सबार दुई जना युवाहरू घाइते भएको जानकारी प्राप्त भएको छ।

घाईते लाई एम्बुलेन्स बोलाएर ट्राफिक प्रहरीको उपस्थितिमा गह्रौ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको  छ । थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय