भारत ,१ चैत। भारतको लद्दाखस्थित कारगिल केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । यसको झट्का जम्मू–कश्मिरमा महसुस गरिएको थियो ।
नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान २ बजेर ५० मिनेट जाँदा गएको थियो । यसको गहिराई जमिनभन्दा १५ किलोमिटर तल रहेको थियो ।