नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना

२०८१ चैत्र १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,१ चैत।  आफुहरुसंग भएका सहमतिका आधारमा विधालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडामा धर्ना दिएको छ ।

दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफुहरुको माग पुरा गर्नका लागि दवाव दिने उदेश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो । सरकारले आफुहरुसंग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसदको चालू अधिवेशनबाटै विधालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफुहरुको माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । उहाले शिक्षाप्रतिको उदाशिनताका कारण मुलुकको बिकास हुन नसकेको जिकिर गर्नुभयो । शिक्षाको बिकासमा सरकारको कुनै ध्यान जान नसकेको उहाको भनाइ छ । उहाले आफुहरुको माग पुरा गर्न सरकारलाई बाध्य पार्ने चेतावनी दिनुभयो ।

दोश्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म बिभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्ने महासंघको भनाइ छ । अव सरकारसंग कुनै वार्ता नगर्ने र यसअघि भएका सहमति कार्यान्वयनका लागि दवाव दिने अध्यक्ष सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय