काठमाडौँ ,२ चैत । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न पाँच स्थानमा विद्युत् कटौती हुने जानकारी दिएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी मर्मत सम्भारलगायतका लागि विद्युत् कटौती हुने जनाएको हो ।
जसअनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरका लाइनमा कन्डक्टर अपग्रेडिङका निम्ति आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा जनाइएको छ ।
त्यस्तै, बलम्बु वितरण केन्द्रकै सतुंगल फिडरअन्तर्गतका कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुंगल चोकलगायत क्षेत्रमा पनि सोही अवधिमा पाँच घण्टा विद्युत् कटौती हुनेछ ।
प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रका डाँछी, मूलपानी र साँखुमा पनि बिहान १० बजेदेखि १ बजेसम्म विद्युत् लाइन काटिनेछ ।
डाँछी फिडर अन्तर्गतका माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक,अर्याल गाउँ, ग्रिनहिलसिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर र गजरकोटमा बिहान ११ देखि १ बजेसम्म दुई घण्टा बिजुली जानेछ ।
त्यस्तै, मुलपानीका मुलपानीचौर, थली, थापाचोक, लक्ष्मी नारायण चोक, चापाबोट, देवलधारा, मनकामना माई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रवास र गजरकोटमा पनि सोही समयमा विद्युत् लाइन काटिनेछ ।
साँखुका नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागल र गागलफेदीमा पनि बिहान ११ देखि १ बजेसम्म दुई घण्टा बिजुलीको लाइन जाने प्राधिरकणले जनाएको छ ।