भारतबाट नेपाल घुम्न आएका एक युवक कालीगण्डकीमा बेपत्ता

२०८१ चैत्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा ,६ चैत । भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाबाट नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् ।

पाल्पाको  बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार २५ वर्षीय शिवम पाण्डे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय   पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयाे ।

 अन्य तीन जना भने सकुशल रहेको  र एक जना बेपत्ता भएका  मल्लले बताउनुभयाे ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा पाण्डेको खोजी कार्य भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय