पाल्पा ,१३ चैत । पाल्पाको बगनासकाली गाउपालिकामा साजको रुखवाट लडेर एकको मृत्यु भएको छ । बुधबार विहान ८:५० मा घरदेखि ३०० मिटर पुर्व तर्फ बारिमा साजको रुखबाट लडेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा बगनासकाली गाउपालिका ७ खानिगाउ बस्ने ४५ बर्षका कमल प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको छ भने घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।