अर्घाखाँची बस दुर्घटना ३ काे मृत्यु

२०८१ चैत्र १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल, १३ चैत  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ भुवनपाटामा भएको बस दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिहरुको परिचाहन खुलेको छ ।

मुत्यु हुनेमा नवलपरासी पश्चिम भुमहीकी ४५  बर्षिय उमा न्यौपाने रुपन्देही जिल्लाकी  ५५ बर्षिय जमुना बस्याल, नबलपरासी बर्दघाटका ४५ बर्षिय चालक मदनकुमार बिक रहको प्रहरीले जनाएको छ ।

घटनामा एक जना नाम थर नखुलेकी महिलाको पनि मृत्यु भएको छ।  दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल पठाइएकाे प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयाे।

अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस  भुवनपाटा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय