काठमाडौं ,२७ माघ । नेकपा एकीकृत समाजवादीले एमसीसीको सम्भौताको विरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको मोर्चा संगठनको बैठकले देशभरी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
फागुन १ गते प्रदर्शन समय निर्धारण गरिएको छ । एकसाथ हुने एमसीसीको विरोध प्रदर्शनमा पार्टीका जनवर्गीय तथा पेशागत संगठनलाई तयारीमा जुट्न निर्देशन दिने बैठकले निर्णय गरेको मोर्चा संगठनका प्रमुख विजय पौडेलले बताए । सरकारले आगामी फागनु २ गते बस्ने संसदको बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ ।
अमेरिकाले पनि एसीसीबारे चाँडो निर्णय लिन नेपाल सरकारलाई दबाब दिइरहेको छ । यथाशिघ्र एमसीसी पास नगरे फिर्ता लैजाने अमेरिकाले सरकारलाई चेतावनी दिँदै आएको छ । एमसीसीको विरोध नेपालमा जनस्तरबाट भइरहेको छ । काठमाडौंमा बुधबार सात दलले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका थिए ।