नेपाल किसान महासंघको हरीनासमा जनप्रतिनिधि सङ्ग अन्तर्क्रिया कार्यक्रम

२०८२ बैशाख ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

पूजा खड्का

स्याङ्जा, ५ वैशाख । नेपाल किसान महासंघ स्याङ्जाको जनप्रतिनिधि सङ्ग अन्तर्क्रिया कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम हरिनास गाउँपालिकामा बिहीबार सम्पन्न भएको छ।

कार्यक्रममा हरिनास गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। उहाले नेपाल किसान महासंघको व्यानर पढेर कार्यक्रम को उदघाटन गर्दै नेपाल किसान महासंघ मार्फत कृषक सङ्ग अन्तर्क्रिया कार्यक्रम गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो। उहाले माटोको माया गर्नुपर्छ माटो को माया गर्दा माटोमा काम गर्ने कृषकलाई बिर्सन नहुने बताउनुभयो। उहाले पालिकाले दिन सक्ने सुविधा मा असली किसानले सेवा सुविधा प्राप्त गर्न नसक्नु एक समस्या भएको उल्लेख गर्नुभयो। त्यसैगरी उहाले कृषि मा आधुनिकीकरण र सहजीकरण स्वरुप हाते ट्याक्टर अनुदान मा वितरण गर्ने विषय कृषि शाखा बाट सूचना गरीएको र १०२ वटा हाते ट्याक्टर वितरण गरीएको जानकारी गराउनु भयो। त्यसैगरी हाते ट्याक्टरको माग बढी भएको हुँदा पछि ६२ वटा ल्याएको बताउनुभयो । उहाले सरकारबाट प्राप्त हुने अनुदान असली किसान को हात मा पुग्न नसकेको पनि उल्लेख गर्नुभयो। उहाले कृषी पकेट सम्बन्धी विविध कार्यक्रम ल्याइएको सुन्तला, कागती, तेजपत्ता को बीउ वितरण गरिएको तर यसले राम्रो सङ्ग स्याहार सम्भार नपाएको उल्लेख गर्नुभयो। साथमा असली कृषकले दुःख गर्दछ तर बिचौलियाको हात पर्दा असली कृषक समस्यामा पर्ने बिचौलिया लाई प्रोत्साहन मिल्ने जानकारी गराउँदै असली कृषक लाई प्रोत्साहन जरुरी रहेको उल्लेख गर्नुभयो।

त्यसै गरी गएको वर्षको बाढीले बाध कुलो भत्काउँदा बजेट छुटाउन नसकेको उल्लेख गर्दै आउँदो वर्ष बाध कुलोको व्यवस्था गर्नुपर्ने कृषि सुधार सम्बन्धी धेरै काम बाकी रहेको उल्लेख गर्दै गत वर्षको बाढीले निम्त्याएको बांध कुलोको लागि व्यवस्था अहिले गर्ने बताउँदै र केही ढिलो हुन जाने जानकारी गराउनुभयो।

कार्यक्रममा छलफल र प्रतिक्रिया अन्तर्गत खुला समयमा सहभागी कृषकहरुले आफ्ना धारणा राख्नुभएको थियो। कृषि पकेट अन्तर्गत बेर्ना बीउ वितरण गर्दै गर्दा यसको मूल्यांकन र अनुगमन भए नभएको जानकारी, कृषिमा बजेट कति छुट्टाइएको छ, पशु तथा बालि बीमा, अदुवा बेसार खेती र बाख्रा पालन सम्वन्धि टनेल वितरण जस्ता विविध अनुदान मा छानबिन र अनुगमन भए नभएको, कृषि सम्बन्धी तालिम को व्यवस्था भए नभएको र तालिम सम्बन्धी माग राख्दै बजेट को सदुपयोग हुने विषय माथि आवश्यक विषय उठाउनुभएको थियो। त्यसै गरी कृषि सहजीकरणको लागि बीउबिजन मल ल्याउन ढुवानीको व्यवस्था, भेटेनरी सुविधा सम्बन्धी विधि जस्ता विविध कृषकलाई सहज हुने कृषि तथा पशुपालन सम्बन्धी विषयलाई उजागर गर्दै कृषि सम्बन्धी कार्यक्रममा सहजिकरण पालिकाले गर्दा कृषकलाई सहज हुने विषयमा गुनासोहरु राख्नुभएको थियो।

कार्यक्रममा हरिनाश कृषि शाखा प्रमुख हरी प्रसाद गैरेले कृषि सम्बन्धी पालिकाले गरेका विषय माथि प्रकाश पार्नुभएको थियो। उहाले परम्परागत कृषि प्रणालीलाई सहजीकरण गर्ने उद्धेश्य सहित १०२ हाते ट्याक्टर वितरण गरिएको माटो परीक्षण सम्बन्धी घुम्ती शिविर फलफूल तथा तरकारी खेती सम्बन्धी प्रोत्साहन स्वरूप तालिमको व्यवस्था, पकेट विकास कार्यक्रम अन्तर्गत अदुवा बेसार पकेट बालि, बालि संरक्षणको लागि कीटनाशक औषधि निःशुल्क वितरण, किसान सूचीकृत जस्ता विविध विषयमा काम गरिएको उल्लेख गर्नुभयो। उहाले आउँदो वर्ष नया तरिकाले अघि बढ्छौं भन्ने आफ्नो धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम नेपाल किसान महासंघ हरिनास गाउँपालिकाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामामा सम्पन्न उक्त कार्यक्रम नेपाल किसान महासंघ स्याङ्जाका अध्यक्ष युवराज केसीले सञ्चालन गर्नुभएको थियो। त्यसैगरी कार्यक्रमलाई निरन्तरता सँगै स्वागत मन्तव्य कृष्ण चन्दले राख्नुभएको थियो। कार्यक्रममा हरिनास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेल , पालिका स्वकिय सचिव परशुराम सिग्देल, हरिनास प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष ओम प्रकाश सिग्देल, विभिन्न वडा का वडा अध्यक्ष हरु, कार्यपालिका सदस्यहरू नेपाल किसान महासंघकाका पदाधिकारी इश्वरी प्रसाद ढकाल, विष्णु प्रसाद अर्याल लगायत सदस्यहरु पत्रकार, कृषक, कृषि सम्बन्धी गुनासो गर्ने स्थानिय सर्वसाधारण बुद्धिजीवी देखि अदुवा खेती मौरी पालन सम्वन्धि जिज्ञासा र पाल्न इच्छुक व्यक्तित्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा किसान महासंघका स्याङ्जा अध्यक्ष युवराज केसीले राजनैतिक विभेदले किसान अघि बढ्न सक्दैन भन्दै विभेद रहित तरिकाले कृषकका समस्यामा स्थानिय देखि संघीय सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभएको थियो। त्यसैगरी उहाँले कृषकले पनि आफूलाई आवश्यक पर्ने विषय माथि पालिका तथा वडामा माग राख्दै अघि बढ्न आग्रह गर्नुभएको थियो। कृषकलाई प्रोत्साहन गर्नको लागि कृषक सङ्ग क्रिया प्रतिक्रिया कार्यक्रम बेला बेलामा राख्नुपर्ने गुनासा निराशा जस्ता विविध विषयमा जानकारी लिन आवश्यक रहने पनि उल्लेख गर्नुभएको थियो।

हरीनास गाउँपालिका नेपाल किसान महासंघका अध्यक्ष बाबुराम थापाले कृषि सम्बन्धी विषय लिएर जनप्रतिनिधि सङ्ग कृषक अन्तर्क्रियामा आएको उल्लेख गर्दै कृषि गर्ने व्यक्ति तथा समूहलाई प्रोत्साहन स्वरूप सुविधा दिन आवश्यक रहेको बताउनुभयो। उहाले कृषी उत्पादनमा वृद्धिको लागि तालिमको आवश्यक रहेको उल्लेख गर्दै यसको सहजीकरण स्थानीय सरकारले गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। आफूले गुदिखोला बहुउद्धेश्यीय सहकारी मार्फत गरेका कामको बारेमा अनुभव सुनाउँदै युवालाई कृषिमा प्राथमिकताको लागि सहजीकरण गर्नुपर्ने बताउँदै सहभागी प्रति आभार प्रकट गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय