ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु २३ घाइते

२०७८ माघ २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उदयपुर ,२७ माघ। उदयपुरगढी गाउँपालिका.७ नागबेलिस्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने २३ जना घाइते भएका छन् ।

आज बिहान प्र २ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा त्रियुगा नगरपालिका.१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको हुँदा थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।ट्याक्टरमा चालकसहित २५ जना सवार रहेको र चालक फरार रहेका उनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार