स्याङ्जा ,८ बैशाख । भीरकोट नगरपालिका वडा नं.१ एक युवक मृत फेला परेका छन । सोमबार करिव ४:४० बजे आँधिखोला किनारमा अविवाहित युवक मृत फेला परेका हुन ।
भीरकोट नगरपालिका वडा नं.१ बस्ने ६० वर्षका तेज बहादुर भाट क्षेत्री आँधिखोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।
लास पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ भने थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।