स्याङ्जा जिल्लावासी पत्रकारहरुको प्रथम भेला सम्पन्न, अध्यक्षमा इन्द्र रिजाल

२०७७ फाल्गुन २९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती

काठमाडौ । स्याङ्जा जिल्ला बाट विभिन्न क्षेत्रमा छरिएर रहेका स्याङ्जा जिल्लावासी पत्रकारहरुको प्रथम भेला सनिवार काठमाडौ बालाजु पार्कमा सम्पन्न भएको छ ।

वरिष्ठ पत्रकार इन्द्र रिजालको संयोजकमा भएको भेलाले २५ सदस्यीय तदर्थ समिति चयन गरेको छ । स्याङ्जा पत्रकार समाज नेपाल नाम दिइएको उक्त भेलाले निम्न अनुसारको तदर्थ कार्यसमिति गठन गरेको छ ।

जसको अध्यक्षमा इन्द्र रिजाल,उपाध्यक्षमा श्रीराम पौडेल, संगिता खड्का, अनिता बिन्दु, प्रकाश डुम्रे, महासचिवमा अनिल गिरि, सचीवमा राजेश शर्मा, कोषाध्यक्षमा भूपराज बस्याल र सदस्यहरुमा साधना न्यौपाने, सालिक सुवेदी, अर्जुन खनाल, श्री कृष्ण सुवेदी, गोबिन्द गिरि, घनश्याम सिग्देल, प्रतीक्षा काफ्ले, सरिता खनाल, मोहम्मद अज्मत अलि, दिलिपा श्री अधिकारी, लक्ष्मण वियोगी, श्री कृष्ण सिग्देल, मोहन गुरुङ, अर्जुन काफ्ले, बिमला भण्डारी, भरत कोइराला,टीका प्रधान र शिव डुम्रे रहनु भएको छ भने सल्लाहकारहरुमा

हरि प्रसाद लम्साल (बुटवल), हरि प्रसाद लम्साल (काठमाडौ), ओम प्रकाश शर्मा, नारायण शर्मा, बाल कृष्ण चापागाईं, अम्मर ढकाल र शिव लम्साल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार