जेठ १० गतेदेखि २५ गतेसम्म नागढुंगा–नौबिसे सडक दिउँसो साढे ४ घण्टा बन्द हुने

२०८२ जेष्ठ ८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,७ जेठ । नागढुंगा–नौबिसे सडकखण्डमा निर्माण कार्य हुने भएकाले  दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।

जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर सडक सुधार कार्य गर्न लागिएको नागढुंगा मुग्लिङ सडक योजना पूर्वीखण्डले बुधवार सूचनामार्फत जानकारी दिएको छ ।

नागढुंगा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने भएको योजनाको भनाइ छ । साथै काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय