कल्पना भट्टराई
काठमाडौ,२२ जेठ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ८ रहेको प्राकृतिक श्रोत व्यवस्थापन कलेजलाई ३ करोड बजेट विनियोजन भएको छ ।
शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२/८३ मा कलेजको पुर्वाधार निर्माणको लागि बजेट विनियोजन गरेको जनाएको छ ।
सहकारी विकास तथा भवन निर्माण कार्यालय कास्की मार्फत काम हुनेगरी बजेट विनियोजन भएको हाे ।