पैसामा बार्गेनिङ नमिलेपछि मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल

२०७८ फाल्गुन ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ३ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ ।

मन्त्री आलेले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा सार्वजनिक भएको हो । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका छन् ।

आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएको सुनिन्छ । यो अडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

भिडियो सार्वजनिक हुनुभन्दा पहिले जगत ओलीले मन्त्री आलेसँग पैसा मगेको र पैसा नपाए भिडियो सार्वजकि गरिदिने भन्दै ओलीले मन्त्री आलेसँग पैसा मागेके च्याट सामाजिक सन्जालमा भइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय