रवीन्द्र मिश्र काठमाडौं अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा रिहा

२०८२ असार ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,३ असार । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं अदालतबाट रु ३ लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ ।

काठमाडौं अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी मिश्रलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उहा रिहा हुनुभएको हो । मिश्र मंगलबार नै बयानका लागि अदालत हाजिर हुनुभएको थियो । धरौटीमा रिहा भएपछि मिश्रले राज्यले अन्याय गरेपनि अदालतले न्याय दिएको प्रतिक्रिया दिनुभयो । राज्यले आफुहरुलाई दोषि करार गर्न बिभिन्न आरोप लगाउनु दुखद रहेको उहाले बताउनुभयो ।

मिश्रमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्र, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री शवलशमशेर राणा पनि सोमबार ३ लाख धरौटीमा रिहा हुनुभएको थियो । सोही घटनामा संलग्न दुर्गा प्रसाईं भने पुर्पक्षका लागि कारागार चलान हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय