आर्थिक बर्षभित्र लागू औषध नियन्त्रण बिभाग स्थापना गर्छाै : गृहमन्त्री लेखक

२०८२ असार १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , १२ असार ।  गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक बर्षभित्र लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताउनुभएको छ ।

लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गृहमन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक बर्षभित्र गृहमन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण बिभाग स्थापना गर्ने बताउनुभएको हो ।

लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उहाले बताउनुभयो । उहाले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागुऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा बिशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोश्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्धाका कैदी रहेको भन्दै उहाले लागू औषध नियन्त्रणमा अझै पनि चूनौति देखिएको धारणा राख्नुभयो ।

त्यस्तै प्रहरी महानिरीक्षक दिपक थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध नियन्त्रण र रोकथामका लागि प्रहरी गम्भीर भएर लागेको भन्दै सवै यसका बिरुद्ध एकजुट लाग्नुपर्ने बताउनुभयो । उहाले लागू औषधका कारण शान्तिसुरक्षामा प्रतिकुल प्रभाव पर्ने भएकाले यसका बिरुद्ध सामूहिक प्रतिवद्धता आजको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाले बिहीबार मात्रै बिरगंजबाट झण्डै साढे तीन सय क्वीन्टल चरेश बरामद गरिएको र केहिलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

स्वस्थ,सम्भ र सुरक्षित समाजको प्रतिवद्धता ः लागू औषध दुरुपयोग बिरुद्ध ऐक्यवद्धता भन्ने नाराका साथ नेपालमा लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । हरेक वर्षको जुन २६ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय