पतञ्जली जग्गा प्रकरणमा अध्यक्षमाथि प्रतिशोधका आधारमा मुद्दा चलायाे

२०८२ असार १४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१४ असार । नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरुले पतञ्जली जग्गा प्रकरणमा आफ्ना अध्यक्षमाथि प्रतिशोधका आधारमा मुद्दा चलाएको धारणा राखेका छन् ।

शनिबार काठमाडौमा बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकको दोश्रो दिन धारणा राख्ने सदस्यहरुले प्रतिशोधका आधारमा अध्यक्ष माधव नेपालमाथि मुद्दा चलाएको धारणा राखेका हुन् । साथै उनीहरुले सोहि मुद्दाका आधारमा अध्यक्ष पदको जिम्मेवारीबाट हट्न नहुने सुझाव दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष माधव नेपालको मुद्दाको बिषय, सांगठानीक कार्य लगाएत सातवटा एजेण्डामाथि छलफल भइरहेको उहाले बताउनुभयो ।

सचिवालय बैठक आइतबार पुनः बस्ने र आवश्यक निर्णय गरेर सम्पन्न हुने पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार