काठमाडौँ , १५ असार। सभामुख देवराज घिमिरेले सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आग्रह गर्नुभएकाे छ ।
आइतबार प्रमुख पाँच दलका प्रमुख पाँच दलका प्रमुख सचेतकहरूको बैठकमा सभामुख घिमिरेले महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो नहुने बताउनुभएकाे उहाँका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयाे।
‘सहमति र सहकार्यको माध्यमबाट संसदीय प्रक्रियामा सहभागी हुन रास्वपा र राप्रपालाई मेरो आग्रह छ,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै प्रेस विज्ञ अधिकारीले भन्न्ुभयाे, ‘महत्त्वपूर्ण विधेयकमा संसद्का प्रमुख दलहरू छुट्नु राम्रो भएन ।’
सभामुख घिमिरेले सङ्घीय निजामती सेवा विधेयक विद्यालय शिक्षा विधेयकजस्ता सङ्घीयतासँग जोडिएका विधेयकमाथिको छलफलमा सबै सहभागी हुने वातावरण बनाउन पनि दलहरूलाई अनुरोध गर्नुभयाे ।