समाचार प्रदेश १ मा ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

२०७७ असार ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती

प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डीगढीस्थित कोभिड–१९ आइसोलेसन केन्द्रबाट ६ महिला तथा ७ पुरुष र मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँबाट ६ पुरुष डिस्चार्ज भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

डिस्चार्ज हुनेमा मोरङका १६ जना, उदयपुरका १३, सुनसरीका दुई, झापाका पाँच, इलाम र पाँचथरका १/१ जना छन् ।

मंगलबार डिस्चार्ज भएकासँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएर उपचारपश्चात् घर फर्किनेको संख्या ६ सय ४२ जना पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा मंगलबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटाका तीन, झापा, सुनसरी र तेह्रथुमका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । RedMug

धनुकुटाको छथर जोरपाटीका दुई पुरुष, सहिदभूमिका एक पुरुष, झापाको शिवसताक्षीका एक महिला, सुनसरीको भोक्राहा र तेह्रथुमको म्याङलुङका एक÷एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार पुष्टि भएका सँगै प्रदेश १ मा कुल कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय