काठमाडाै ,४ भदाै । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले भिजिट भिसाको धन्दा चलाउनेलाई सरकारले संरक्षण गरेको तर सिफारिस पत्रमा हस्ताक्षर गर्ने उपसभामुखलाई महाअभियोग लगाउने काम उचित नभएको जिकिर गर्नुभयो । सांसद कार्कीले धारणा राखिरहदा एमाले सांसद सूर्य थापाले नियमापत्ति गर्नुभयो ।
उहाले एमाले सांसदमाथि लान्छना लगाउदै गालिगलौच भएको भन्दै आपत्ति जनाउनुभयो । कस्ता कागजमा सही गराएको भन्ने ढंगको अभिव्यक्ति रेकर्डबाट हटाउन उहाले माग गर्नुभयो । सांसद थापाले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउदै सांसद कार्कीलाई बोल्न समय दिनुभयो । त्यसपछि सांसद कार्कीले एमाले र कांग्रेसले देशलाई दुई दलीय शासन पद्धतिमा लैजान खोजिरहेको आरोप लगाउनुभयो ।


उहाले अहिले सत्तागठबन्धनमा रहेका साना दललाइ समेत कांग्रेस–एमालेबाट सचेत हुन सुझाव दिनुभयो । उपसभामुलाई हटाउने प्रयासका कारण कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएको उहाको भनाइ छ
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस र एमालेहरूले आफ्ना सांसदलाई खाली कागजमा सही गराएको समेत बताउनुभयो । बहुमत पु¥याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कार्यको राप्रपाले विरोध गर्ने उहाले बताउनुभयो ।