चेक अनादर र अंशबन्डा मुद्धामा फरार तीन पक्राउ

२०८२ भाद्र ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, ४ भदाै । चेक अनादर मुद्धामा एक जना र अंशबन्डा मुद्धामा दुई जना गरी तीन जना फरार रहेका कसुरदार  पक्राउ परेका छन। बुधबार  चेक अनादर मुद्धा र अंशबन्डा मुद्धामा तीन जना फरार   पक्राउ परेका हुन ।

फरार परेका कसुरदार मध्य अर्घाखाँची जिल्ला माता रानी गाउँपालिका वडा नम्बर ७ बस्ने आस्था भट्टराई चेक अनादर मुद्धामा रु ५ सय जरिमाना, स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ६ टक्सार बस्ने यमुना गुरुङ्ग अंशबण्डा मुद्दामा ८ सय २५ रुपया जरिवाना र स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ६ टक्सार बस्ने अञ्जना गुरुङ्ग अंशबन्डा मुद्धामा ८ सय २५ जरिमाना रहेका तीन जना पक्राउ परेकाे  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो।

  असुलीको लागि स्याङ्जा जिल्ला अदालतमा फरार तिनै जनालाई उपस्थित गराईएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय