देशको राजनीतिको पुरै जिम्मा मेरै काँधमा रहेको र छाडे भत्किहाल्छ : प्रचण्ड

२०८२ भाद्र ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिको पुरै जिम्मा आफुले लिएजस्तो लाग्ने गरेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा साहित्यकार बाबा बस्नेतका कृति लोकार्पण गर्दै प्रचण्डले आफु प्रतिपक्षी दलको नेता भएपनि देशको राजनीतिको पुरै जिम्मा आफ्नै काँधमा रहेको र आफुले छाडे भत्किहाल्छ जस्तो लाग्ने गरेको बताउनुभयो । प्रचण्डले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको र जिम्मेवारी पूरा गर्नको लागि समर्पित रहेको धारणा राख्नुभयो ।

उहाले आफुलाई साहित्य क्षेत्रमा निकै रुची रहेपनि चाहेर पनि समय दिन नसकेको जिकिर गर्नुभयो । प्रचण्डले आफुले पटक पटक सरकारको नेतृत्व गर्दा साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर न्याय गरेको बताउनुभयो ।

कार्यक्रममा प्रचण्डले तीनवटा कृति रङ्गीन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कवितासङ्ग्रह) र आवाज (श्रव्य नाटकसङ्ग्रह) लोकार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय