आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ छैन : महामन्त्री थापा

२०८२ भाद्र ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै ,५ भदाै । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त भएको सत्ताको कुनै अर्थ नहुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा प्रजातन्त्र सेनानी कर्मयोगी नन्दप्रसाद शिवाकोटी स्मारिका विमोचन गर्दै महामन्त्री थापाले चूनाव जितेर सत्तामा जाने आकांक्षालाई स्वभाविक रुपमा लिनुपर्ने तर आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर सत्ता प्राप्त भए त्यसको कुनै अर्थ नहुने बताउनुभएको हो ।

कांग्रेसको आफ्नै आस्था, सिद्धान्त, विचार र मूल्यमान्यता रहेकाले त्यससंग सम्झौता गरेर सत्तामा टिकिरहने कुरा उचित नहुने उहाको भनाइ छ ।

थापाले अहिले कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाले पार्टीभित्र वा बाहिर संख्याका आधारमा गरिने कुनै पनि निर्णय वैधानिक हुने भएपनि त्यसलाई आमपार्टी पंक्तिले स्वीकार गर्छ वा गर्दैन भन्ने ख्याल राख्नुपर्नेमा जोड दिनुभयो ।

थापाले कांग्रेस देशको महत्वपूर्ण शक्ति रहेकाले देशमा देखिएका समस्या समाधानका लागि अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय