स्याङ्जा, ५ भदाै । नेपालमै पहिलोपटक निर्माण भएको नवग्रह मन्दिरमा नेपाली काङ्ग्रेसका उपसभापति ,पुर्वमन्त्री धनराज गुरुङले दर्शन गर्नुभएको छ ।
आफ्नैजन्मभुमि स्याङ्जाको अर्जुनचौपारीमा रहेकाे नेपालकै पहिलो नवग्रह(नौ आकाशीय पिण्ड) मन्दिरमा विधिवत पूजा अर्चना गर्दै दर्शन गर्नुभएको हाे ।


गुरुङले अर्जुनचौपारी गाउँपालिका –१ जलबराह धार्मिक वनमा बनेको नवग्रह मन्दिरमा पूजा गर्दै जन्मभूमिले दिएको गहिरो आशीर्वादको अनुभूति गर्नुभयाे ।
उहाले भन्नुभयाे,“यो मन्दिर मेरो जन्मभूमिको गौरव मात्रै होइन, सम्पूर्ण देशकै धार्मिक पर्यटनको धरोहर बन्न सक्छ । यसको संरक्षण र प्रवर्द्धनमा म आफ्नो तर्फबाट सक्दो पहल गर्छु” ।
मन्दिरसँगै रहेको षट्कोण शिवालयमा पञ्चमुखी शिवलिङ्ग, गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमान लगायतका मूर्तिमा पूजा गर्दै उहाँले बाल्यकालको सम्झना ताजा भएको बताउनुभयाे । त्यसपछि उहाँले पञ्चकन्या मन्दिरमा दर्शन गरेर नवग्रहको पहिलो चक्र परिक्रमा गर्दै बाहिर निस्किनुभयाे ।