काठमाडौं, ५ भदौ । तारकेश्वर बुधबार राति श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । हत्या आरोपमा प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-१ बस्ने ३३ वर्षीय भीमसेन मग्राती छन् । उनले आफ्नै श्रीमती ३५ वर्षीया सर्मिला मग्रातीको हत्या गरेको आरोप छ ।


विवाद भएपछि फरुवा प्रहार गरेर भीमसेनले श्रीमती सर्मिलाको हत्या गरेको प्रहरीले बताएको छ । भीमसेनलाई राति नै प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
हत्याको कारण भने मदिरा सेवनपछिको विवाद देखिएको प्रहरीले बताएको छ । दुबै जना पहिल्यैदेखि मदिरा सेवन गर्ने र विवाद गर्दै झगडा गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । यही क्रममा भने बुधबार उग्र विवाद भएपछि भीमसेनले फरुवा प्रहार गरेर श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।