काठमाडौँ ,५ भदाै। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले रोक्न खोजेपनि आफूले निरन्तर एमालेकै कार्यकर्ता भएर काम गरिरहने बताउनुभएकाे छ । बिहीबार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवादलाई लिएको बताउनुभयाे ।


जनताको बहुदलीय जनवादको मर्म र भावनाअनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयाे ।
त्यस्तै उहाँले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याउनुभयाे । उहाँले संसद् नै निरीह थलो बनेर बसिरहेको समेत बताउजुभयाे ।