तोलामा २३ सय बढ्यो सुन

२०८२ भाद्र ८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ८ भदौ । आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार २ सय रुपैयाँ थियो । चार दिनमा सुनको भाउ ४ हजार बढेको छ । भदौ ४ गते सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३१० रुपैयाँ रहेको चाँदी आज २३५० रुपैयाँ पुगेको छ । चार दिनमा चाँदी ९५ रुपैयाँ बढेको छ । भदौ ४ गते २२५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय