नेकपा माओवादी केन्द्रका नेताहरु एमसीसीबारे अनौपचारिक छलफलमा

२०७८ फाल्गुन १५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं १५ फागुन । नेकपा माओवादी केन्द्रका नेताहरु एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका छन् ।

संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा कार्यालयको विस्तारित बैठक बसिरहेको र एमसीसी लगायत समसामयिक राजनीतिको विषयमा छलफल चलिरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार