ओली आज महायज्ञको उद्घाटन गर्न रौतहट जादै

२०७८ फाल्गुन १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १७ फागुन ।नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली आज बिहान रौतहट जाँदैहुनुन्छ । मौलापुरमा आयोजना हुन लागेको मधानी महायज्ञको उद्घाटन गर्न ओली रौतहट जान लाग्नुभएको छ ।

मौलापुरका मेयर रिनाकुमारी साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो । मौलापुर(५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार