८ औं महाधिवेशनमा प्रकाशकाे १६ प्रतिबद्धता

२०७८ फाल्गुन २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २१ फागुन । नेपाली निजामती कर्मचारी युनियनको ८ औं महाधिवेशनमा सचीव पदका उम्मेदवार प्रकाश भट्टराईले १६ प्रतिबद्धता अगाडि सार्नुभएको छ ।

काठमाडौमा फागुन २१ गतेदेखि सुरुभएको महाधिवेशनमा मेरो सचीव पदमा उम्मेदवारी यस कारण भन्दै १६ प्रतिबद्धता अगाडि सार्नुभएको छ । भट्टराईले अगाडि सार्नुभएका बुदा यश प्रकार छन् ।

१ सङ्घीय शासन प्रणाली अनुरुपको कर्मचारी प्रशासन निर्माणमा सहयोग पुर्याउने ।
२ राष्ट्रसेवक कर्मचारीहरुको सेवाको सुरक्षा, साझा हित, पेशागत मर्यादा अभिवृद्धिको लागि क्रियाशील रहने ।
३ तत्काल सङ्घीय निजामती सेवा ऐन निर्माणको पहल गर्ने र निजामती सेवा सम्बन्धमा नीतिगत स्थायित्व कायमको लागि पहल गर्ने ।
४ संघ, प्रदेश र स्थानीय सेवाका सबै सेवा, समूह पदमा समान बढुवा प्रणाली कायम गर्दै batch promotion को व्यवस्था र वृत्ति विकासका समान अवसर श्रृजना गर्न पहल गर्ने ।
५ सबै पदमा आन्तरिक, अन्तरतह प्रतिस्पर्धाको व्यवस्थाका साथै रा.प. प्रथम र द्वितीय तहको खुला तर्फको प्रतिस्पर्धामा न्यूनतम् योग्यता भएका राजपत्र अनंकित कर्मचारी पनि सेवा बाहिरका उम्मेदवार सरह प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाको लागि पहल गर्ने ।
६ सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउन पहल गर्ने ।
७ कम्तिमा सार्क राष्ट्रको मापदण्डको तलब भत्ता तथा सेवा सुविधा र स्वचालित तलब वृद्धि प्रणाली लागू गर्न पहल गर्ने ।
८ स्वास्थ्य बीमा, निशुल्क उपचार, सन्तति छात्रवृत्ति, आवास, यातायात, बिदा, तथा पर्यटन काज,रिभल्विङ फन्ड खडा गरी शून्य व्याजदरमा सहुलियतपूर्ण ऋण लगायतका मौद्रिक तथा गैर मौद्रिक सुविधाको लागि पहल गर्ने ।
९ बाध्यता पूर्वक समायोजन गरिएका कर्मचारीको त्रुटि सच्याउन सङ्घीय निजामती सेवा ऐनमा आवश्यक व्यवस्थाको लागि पहल गर्ने तथा निश्चित समयावधि काम गरेपछि एक तहबाट अर्को सरुवाको व्यवस्थाको लागि पहल गर्ने ।
१० स्वास्थ्य सेवा, तत्कालीन महिला विकास, तथा प्राविधिक कर्मचारीहरुको ग्रेड मिलान, तह वृद्धि सम्बन्धी समस्या समाधानको लागि पहल गर्ने ।
११ दुर्गम क्षेत्रमा कार्यरत र कृषि, पशु, स्वस्थ्य, खानेपानी, वन, नापी लगायतका फिल्डमा काम गर्नुपर्ने कर्मचारीहरुलाई थप सुविधा प्रोत्साहनको लागि पहल गर्ने ।
१२ संघीय शासन प्रणाली अनुरुप युनियनका कार्य समिति निर्माण र संख्या पुनरावलोकनको लागि पहल गर्ने ।
१३ युनियन केन्द्रीय कार्यालय प्रविधि मैत्री बनाउँदै सबै सदस्य साथीहरुको सहयोगको लागि हेल्प डेस्क स्थापना गर्ने ।
१४ युनियनका जिल्ला कार्यालय स्थापनाको लागि जग्गा व्यवस्थापनको लागि पहल गर्ने ।
१५ यी सबै विषयहरूको बारेमा दीर्घकालीन नीति, कार्ययोजना तयार गरी कार्यान्वयनको लागि टीम निर्माण गरी काम गर्ने ।
१६ युनियनलाई देशको सबै भन्दा ठूलो ट्रेड युनियन बनाई सबै कर्मचारीको साझा संस्थाको रूपमा विकास गर्ने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार