राप्रपाका नेता गणेश शेरचनको निधन

२०७८ फाल्गुन २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २२ फागुन । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उहांको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिनुभयो ।

तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहनुभएका उहांको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार