नेपाली काँग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने

२०७८ फाल्गुन २३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अछाम,२३ फागुन । नेपाली काँग्रेस अछाम सभापतिका आज दोस्रो चरणको चुनाव हुने भएको छ । पहिलो चरणको चुनावमा तीन उम्मेदवारले ५१ प्रतिशत कटाउन नसकेपछि सभापतिका प्रत्यासीद्वय पुष्प शाह र भरतकुमार स्वाँरबीच फेरि सहमतिको प्रयास भएको थियो ।

सभापतिका उम्मेदवार राजन कुँवर भने पहिलो चरणबाट बाहिरिसकेका छन् । सहमति जुट्न नसकेपछि आज बिहान ८ बजेबाट चुनाव हुने भएको हो । पहिलो चरणको चुनावमा शाहले ६ सय ९५ र स्वाँरले ५ सय ७३ प्राप्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार