वालिङमा अन्तर्राष्ट्रिय महिला दिवसः वक्तृत्वकला प्रतियोगिता

२०७८ फाल्गुन २४, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वालिङ, २४ फागुन । वालिङ नगरपालिकाले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ आयोजित उक्त वक्तृत्वकला प्रतियोगिता ‘नेतृत्वमा महिलाको पहुँच अभिवृद्धि’ विषयमा भएको थियो । नगरभित्रका सामुदायिक र संस्थागत गरी सात विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रथम साइनभिलेल बोर्डिङ स्कुल वालिङकी छात्रा आस्था पराजुली हुनुभएको छ । त्यस्तै द्वितीय सगरमाथा बोर्डिङ स्कुलकी छात्रा स्नेहा पाण्डे र तृतीय राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा नम्रता कोइराला हुनुभएको नगरपालिकाको शिक्षा शाखाप्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका छात्राहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो । महिलाको नेतृत्व र बौद्धिक क्षमता विकासका लागि यस प्रकारका प्रतियोगितात्मक कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिँदै जानुपर्ने उललेख गर्दै उपप्रमुख कल्पना तिवारीले समाजमा चेतनाको सन्देश फैलाउनका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुलाई सहभागी बनाएर अगाडि बढेको बताउनुभयो ।

“महिला दिवस मनाउने नाममा पुरुषलाई गाली गरेर होइन, उहाँहरुसँग सहकार्य गर्दै अगाडि बढ्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “महिलाको हक अधिकार र अवसरलाई सही सदुपयोग गर्न पनि महिला दिदीबहिनीहरुलाई आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय