देशको राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै छ : प्रचण्ड

२०७८ फाल्गुन २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , २७ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको बताउनुभएको छ । उहांले देश माओवादीकै एजेन्डामा चलिरहेकाले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गर्नुभएको छ।

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहांले भने, ‘आउँदो स्थानीय तहको निर्वाचनसम्म गठबन्धन सुरक्षित हुन्छ ।’ माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उहांले एमसीसी पास भएपछि गठबन्धनमा कुनै खटन पटन नभएको बताउनुभयो।

गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने हाम्रो प्रयास हो,’ उहांले भन्नुभयो, ‘एमसीसीकै कारण देश दुर्घटनामा गएको भए धेरै चिज अफ्ठ्यारोमा पर्थे । जुन खतरा थियो त्यो खतरा अहिले टरेको छ । हामी सबै नेपालीका लागि यो खुसीको कुरा हो । यो प्रष्टसँग राख्न चाहान्छु ।’

साथै, प्रचण्डले एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको दाबी गर्नुभयाे। उहांले भन्न्ुभयाे ‘हामीले अन्तत केन्द्रीय समितिबाट पार्टीलाई एकताबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन अभियानमा जाने र यो विषयमा भएका मतभेदलाई एउटा फोरम मार्फत निष्कर्ष निकाल्ने भनेर सर्वसम्मत केन्द्रीय समितिबाट निर्णय गरेपछि यो चर्चा परिचर्चामा बाहिर थिए ती सम्पूर्ण विषयको समाधान भएको छ ।’अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टीले पार्टीलाई एकताबद्ध गर्दै निर्वाचन अभियानको कार्यक्रम तयार पारिएकाले हाल त्यसैको अभियानमा हिँडेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार