घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’अभियान

२०७८ फाल्गुन २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बैतडी, २७ फागुन । नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।

जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु हुनेछ । उहाँले भन्नुभयो, “हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ । सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।” यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताउनुभयो । पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको हो । पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पु¥याउनका लागि अभियान सञ्चालनको तयारी भएको बताइएको छ ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने सभापति चन्दले बताउनुभयो । उक्त अभियानका लागि यज्ञराज जोशीलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार