खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबिच शिष्टाचार भेटवार्ता

२०७८ फाल्गुन २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फागुन २७, काठमाण्डौं । संघिय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री अथकले बिहिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसँग उहाँकै कार्यालयमा भेट गरी पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल गर्नुभएको हो । गण्डकी प्रदेशको राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने तयारी भईरहेको जानकारी गराउँदै मन्त्री अथकले आवश्यक तयारीकालागि समन्वय गर्न मुख्यमन्त्री पोखरेलसँग आग्रह गर्नुभएको छ । स्थानिय निर्वाचनका कारण आगामी जेठ महिनाको पहिलो सता मात्रै प्रतियोगिता संचालन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री अथकले सोही डेटलाईनमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थाल्न आग्रह गर्नुभएको हो ।

स्थानियस्तरबाटै खेलाडीहरु छनौट भएर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएकाले तत्काल स्थानिय तथा प्रदेशस्तरका खेल गतिविधि समेत संचालन गर्न समेत मन्त्री अथकले आग्रह गर्नुभएको छ ।
जवाफमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगिता संचालन गर्न पाउनु गौरवको कुरा भएको बताउनुभयो । केन्द्र सरकारले दिएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले औपचारीक रुपमै तयारी सुरु गर्ने प्रतिवद्धता जनाउनुभयो । शिष्टाचार भेटवार्तामा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुल बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार