स्याङ्जामा शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न

२०७८ चैत्र २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

स्याङ्जा २१ चैत । शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले पबित्र रामनदीधाम राम्दीमा बृद्धाश्रम समेत सञ्चालन गर्दै आएको छ ।

साधारणसभामा बोल्ने बक्ताहरुले जीवनको उत्तर्राद्धमा रहेका बृद्धबृद्धाहरुका जीवनयापन, संरक्षण र सहयोगको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै संस्थाको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै शिवपार्वती मन्दिर वालिङका अध्यक्ष प्रेमप्रसाद खनालले संस्थाको भूमिकालाई अझै बढाउदै लैजानु पर्नेमा जोड दिनुभयो । वालिङ १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले मानवीय कार्यले सबैको जीवन सुखमय हुने भनाई राख्नु भयो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कविता तिवारी गैह्रेले आश्रमको स्तरबृद्धि गर्दै थप सुविधा सम्पन्न बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो छ । उहाँले भन्नुभयो, ‘जीवनको उत्तराद्धमा रहेका बुबाआमाहरुको संरक्षण र पालनपोषण दान दाताहरुको सहयोगमा सम्भव भएको छ ।’ सबैको सहयोग र सहकार्य भएमा बृद्धाश्रमलाई थप सुबिधा सम्पन्न बनाउन सजिलै सकिने अध्यक्ष तिवारीको भनाई छ । कार्यक्रममा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन याम बहादुर गुरुङ, बिश्वहिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्र प्रासद पराजुली,दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष तिवारीको सभापतित्व , उपाध्यक्ष अर्जुनप्रसाद खनालको स्वागत र सचिव नेत्रप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय