१४ प्रतिस्पर्धी बिचका एकल साझा उम्मेदवार, सर्वसम्मत अध्यक्षमा निर्वाचित

२०७८ चैत्र २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२७ चैत । गल्याङ नगरपालिका ३ गल्याङ बजारमा रहेको श्री भानुभक्त आचार्य उच्च माध्यमिक बिधालयको अध्यक्षमा यज्ञ प्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।

सामाजिक क्षेत्रमा निकै सक्रिय अर्याल विभिन्न संघ सस्थामा सफल नेतृत्व गर्न सक्ने क्षमतावान ब्यक्तिका रुपमा चिनिनुहुन्छ । गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष अर्याल थुप्रै सामाजिक सस्थामा नेतृत्व गरिसक्नु भएको छ । बिद्यालयलाई नमुना बनाउने अठोट राखेर अध्यक्षमा निर्वाचित अर्यालले बिधालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

अध्यक्ष पदका लागि १४ जनामा उहाँ सर्वसम्मत अध्यक्ष बन्न सफल हुनुभएको हो । केही दिनमै प्राथमिक उपचार कक्ष निर्माण गर्ने योजनाका साथ अगाडि बढ्नु भएका उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावासको ब्यवस्था समेत गर्ने लक्ष्य राख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय