स्याङ्जामा गठबन्धनले प्रमुख पद पाउने अवस्था छैन : प्रदीप पौडेल

२०७८ चैत्र ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ३० चैत । घर घर जाउ काङ्ग्रेस जिताउ भन्ने अभियान लिएर जिल्ला आउनु भएका युवा नेता तथा केन्द्रिय सदस्य प्रदीप पौडेलले स्याङ्जामा गठबन्धनले प्रमुख पद पाउने अवस्था नरहेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति स्याङ्जाले बुधबार सिरुबारिमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै युवा नेता पौडेलले सरकार संचालनका दलहरुको अवस्था स्याङ्जामा निकै कमजोर भएको र आफुले केन्द्रिय समितिलाई पनि यहीँ अनुसारको रिपोर्टिङ गर्ने बताउनुभयो ।

घर जाउ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत स्याङ्जाको एक महिने कार्यक्रमको समिक्षा सहित समापनको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा युवा नेता पौडेलको यस्तो धारणा आएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय