गल्याङको उप मेयरमा हेमा न्यौपानेको जनलहर

२०७९ बैशाख २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साधना न्यौपाने

स्याङ्जा , २४ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ। राजनितिकदलहरु यसको तिव्र तयारीमा लागेका छन् । बैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको गल्याङ नगरपालिकाको उप प्रमुखमा नेपाली काँग्रेसको तर्फबाट हेमा न्यौपानेले टिकट पाउनुभएको छ । थुप्रै आकांक्षीहरु भए पनि पार्टीले न्यौपाने लाई उपमेयरको टिकट दिएको हो ।

पाल्पा जिल्ला दमकडा कि चेली स्याङ्जा गल्याङकि असल बुहारि जो सानो उमेरमै संगठनका लागि अनेकौ काम गर्नुभएको छ । आमा समूह,हुदै नेपाल महिला संघको राजनीतिबाट काँग्रेस राजनीतिमा प्रवेश गरेकी हेमा गल्याङ नगरपालिकाको प्रचुर सम्भाबनालाई उपयोग गर्दै आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सक्नेमा हेमा प्रति पार्टीले ठूलो विश्वास गरेको छ । नेपाली काँग्रेस भित्र मात्रै नभएर आम जनमानसमा शसक्त महिला नेत्रृको पहिचान बनाउनुभएकको छ हेमा न्यौपाने । गल्याङ् नगरपालिकामा राजनितिसंगै सामाजिक क्षेत्रमा सकृय न्यौपाने पकवादी सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । नेपाल महिला संघ साविक क्षेत्र २ को सचिव हुनुभएकी उहाँ गल्याङ् नगरपालिको उपप्रमुख को उम्मेदवार हुनुहुन्छ ।

उर्जावान ब्याक्ति, शिक्षा क्षेत्रमा दरिदै गएका छिमेकी, घरपरिवारको काम र छरछिमेकीको विश्वासलाई आधार बनाएर राजनीतिमा होमिएकी न्यौपाने गल्याङ्को सम्वृद्धि हासिल गर्नमा अब्बल हुने विश्वास जनाउँछन् स्थानीय । नेपाली कांग्रेसको राजनीतिमा युवावर्गमा प्रतिभाशाली महिला नेतृ मानिन्छिन् न्यौपाने । स्पष्ट बोल्ने, खरो स्वभाव र हक्कीपन भएकी राजनीतिमा महिलाको उपस्थिति जोडदार र प्रभावकारी हुनुपर्ने बिचार राख्नुहुन्छ ।

न्यौपाने यतिबेला व्यापक चुनावी प्रचार प्रसारमा हुनुहुन्छ । उहाले त्यस क्षेत्रका स्थानीयको समस्या बुझेर समृद्द नगर बनाउन विभिन्न प्रतिबद्दता जनाउनु भएको छ । विशेष गरि महिला ,गरिब दिन दुखीहरुको समस्या बुझेर त्यसको समाधान तत्कालै गर्ने र ,चुनाव जिते जनताको सेवामा नै दिन रात नभनी खटिने बताउनु भएको छ । राजनीतिलाई पेशा होईन, सेवाको रुपमा हेरिनुपर्छ भन्ने मान्यता न्यौपाने को रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय