गाउँ गाउँ मा आमा बुवाको आर्शिवाद लिएर भोट माग्दै गल्याङ काङ्ग्रेस का उम्मेदवार भट्टराई

२०७९ बैशाख २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साधना न्यौपाने

स्याङ्जा , २४ वैशाख । विद्यार्थी राजनीतिबाट काँग्रेस पार्टीको राजनीतिमा उदाएका युवा नेता गुरुप्रसाद भट्टराई भोट माग्न घरदैलोमा व्यस्त छन् । समृद्ध गल्याङ बनाउने ५ बर्षे रणनीतिक योजना लिएर भट्टराई अहिले गल्याङ नगरपालिकाको घरदैलो अभियानमा छन् । नेकपा एमाले मुख्य प्रतिस्पर्धी रहेको गल्याङमा भट्टराईले बृद्धबृद्धा आमा बुवाको आर्शिवाद लिएर भोट माग्दै घरदैलोलाई तिब्रता दिएका छन् । नेपाली काँग्रेसको तर्फबाट गल्याङ् नगरपालिकाको नगर प्रमुख उम्मेदवार बनेका भट्टराईले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र प्रविधिलाई प्रथामिकतामा राखेर समृद्ध नगर बनाउन आफुलाई भोट दिन अपिल गरेका छन् ।

११ वटा वडा रहेको गल्याङ् नगरपालिकाको मुहार फेर्न नेपाली काँग्रेस बिजयी हुनुपर्ने जिकिर भट्टराईको छ । घरदैलो अभियान अन्तर्गत काँग्रेसका उम्मेदवार भट्टराई लगायत सबै अहिले गल्याङ् नगरपालिकाको प्रत्येक वडामा घरदैलो अभियानमा जुटेको नेपाली काँग्रेसका गल्याङ् नगर समितिका सभापति तथा निर्वाचन प्रचार प्रसार समितिका संयोजक श्यामप्रसाद बस्यालले जानकारी दिनुभयो । हामी घरदैलो सगै कोणसभामा हाम्रा योजना राखेर अगाडी जनतामाझ गएका छौं सभापति बस्यालले भनुभो,‘नगरवासीको हौसला र चुनावी माहोल अत्यन्तै राम्रो देखिएको छ, काँग्रेस सगँ नगरवासी आशावादी भएको पाएका छौं ।’ यो पटक गल्याङ् नगरपालिकामा काँग्रेसले बाजी मार्ने ।

२०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा एमालेले बिजयी हासिल गरेको गल्याङ् नगरपालिकामा काँग्रेसलाई बिजयी बनाउन सबै नगरवासी लागेको काँग्रेसको दावी छ । योजना र भिजनलाई सगँसगै नगरवासी समक्ष लिएर गएका छौं सभापति बस्यालले भनुभो,‘यो पटक नेपाली काँगे्रसलाई आमाबुवाले आर्शिवाद मात्रै होइन मतदान गर्नुहुनेछ ।’ देश बनाउने पार्टी काँग्रेस मात्रै भएको बुझाई नगरवासीमा देखिएकाले काँग्रेसको चुनावी माहोल अत्यन्तै राम्रो देखिएको छ । राजनीतिलाई समाजिक सेवा ठान्दै आएका नगर प्रमुखका उम्मेदवार गल्याङ् नगरवासीका प्रिय मानिनुहुन्छ । नगरवासीको हरेक दुखसुखमा साथ दिने जनताका सारथी भट्टराईलाई प्रतिस्पर्धीदलले समेत साथ दिने विश्वास गरिएको छ । २४ सै घण्टा नगरवासीको सेवामा खटिएका भट्टराई नेपाली काँग्रेसको उदयमान युवा नेताका रुपमा परिचय बनाएका व्यक्ति हुन् । आफु नगर प्रमुखमा बिजयी भएपछि पहिलो काम गल्याङ् नगरवासीको समस्याको पहिचान संकलन गर्ने अभियानको शुरुआत् गर्ने बताउनु भो । समस्याको पहिचान पछि समाधानमा जोड दिदै हरेक नगरवासीले स्थानीय सरकारको अनुभुती पाउने गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै गल्याङमा भट्टराई सगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्रपाटी लगायत ८ जना प्रमुख पदमा प्रतिस्पर्धामा छन् । मुख्य गरी नेकपा एमाले सगँ प्रतिस्पर्धा देखिएको गल्याङमा एमालेले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रेलाई उम्मेदवार बनाएको छ । गैह्रे नेकपा माओवादीबाट एमाले पाटीमा समाहित भएका व्यक्ति हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय