स्याङ्जा, २८ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पुर्ण तयारी स्याङ्जामा पुरा भएको छ । मतदान स्थलमा मतदान अधिकृत, मतपत्र, मतपेटिका लगायतका सम्पुर्ण सामाग्री पुगेको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत बसन्त राज पौडेलले जानकारी दिनुभयो ।
११ वटा स्थानीय तह भएको जिल्लामा मतदान केन्द्र ३१८ र केन्द्र स्थल १९९ रहेका छन् । सबै मतदान केन्द्रको सुरक्षा ब्यबस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिनुभयो । सबै मतदातालाई ढुक्क मतदान गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
स्थानीय तहमै मतगणनाको तयारी गरिएको जिल्लामा मतगणना स्थलमा तारजाली, सिसि क्यामेरा समेत जडान गरिएको गल्याङ नगरपालिका मतदान अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।