पत्रकार निर्भिक नारायण भुर्तेल बने वडा अध्यक्ष

२०७९ जेष्ठ २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, जेठ २ । पत्रकार निर्भिक नारायण भुर्तेल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पैयु गाउँपालिका वडा नम्बर ५ मा ४७७ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँले गठबन्धनका उम्मेदवार उमाकान्त भुर्तेललाई हराउनुभएको हो । भुर्तेलले ३९८ मत ल्याएउनु भएको छ । उहाँ निवर्तमान वडा अध्यक्ष हुनुहुन्छ । पराजित भुर्तेल माओवादीका नेता हुुनुहुन्छ ।

करिब १ दशकदेखि प्रवास, स्याङ्जा र पर्वतमा क्रियाशिल पत्रकारिता गर्दै आउनुभएका भुर्तेल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँ पछिल्लो समय पत्रकारितासँगै समाजसेवामा पनि क्रियाशिल हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय