स्याङ्जाको कालीगण्डकी गाउँपालिका कुन वडा कस्ले जिते हेरौं विवरण

२०७९ जेष्ठ २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २ जेष्ठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको मत गणना सकिएको छ  । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापा विजयी हुनुभएको छ । उहाँ ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी माया रानाको पक्षमा ५ हजार ५५ मत खसेको थियो ।

उपाध्यक्ष पदमा पनि नेकपा एमालेका उम्मेदवार सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४८३० मत पाउनुभएको थियो ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका कुन वडा कस्ले जिते हेरौं विवरण

बिजय वडा अध्यक्षहरु
१. कृष्ण लामिछाने – नेकपा एमाले
२. खगीसरा आले – नेपाली काङ्ग्रेस
३. देवेन्द्र थापा – नेकपा एमाले
४. यदव सुन्दर पाण्डे – नेपाली काङ्ग्रेस
५. रुक बहादुर थापा – नेपाली काङ्ग्रेस
६. सुन्दर प्रसाद अधिकारी – नेकपा एमाले
७. ओम प्रकाश भट्टराई – नेपाली काङ्ग्रेस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय