सफथ पूर्व तिवारी पुगिन शोकाकुल परिवार र बिरामी भेट्न

२०७९ जेष्ठ ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ५ जेठ । वैशाख ३० गते देशभर निर्वाचनको उल्लास भइरहँदा वालिङ १४ अर्खलबासमा जिप दुर्घटना हुन पुग्यो । दुर्घटनामा गर्भवती महिला सहित १४ जनाको दुखद निधन भयो । सिर्खे गाउँका १४ जनाको निधन हुँदा अहिले गाउँ नै शोकमा छ ।

जनप्रतिनिधि नागरिकको सुखदुखमा सँगसँगै हुनुपर्छ भन्ने भावना बोकेकी नगरपालिकाकी नवनिर्वाचित उपमेयर कविता तिवारी गैह्रे सफथ हुनु भन्दा पहिले दुर्घटनामा ज्यान गुमाएकाका परिवार र अस्पतालका घाईतेलाई भेट्न पुग्नुभएको हो । नगरपालिका परिसरमा सफथको तयारी भईरहदा दुर्घटनामा निधन हुनुभएका मृतकका आफन्तलाई समवेदना दिन वालिङ १४ सिख्रे पुग्नु भएकी तिवारी बुधवार घाईते भेट्न पोखरा पुग्नु भएको थियो ।

तिवारीले शोकाकुल परिवारलाई समवेदना व्यक्त गर्दै परिवारलाई र सक्नेजति सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । यस्तै नगरपालिका की कार्यबाहक मेयर एवं काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले पीडितहरुलाई पार्टीको तर्फबाट सहयोग गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय