रवि लामिछानेले आज नयाँ पार्टी घोषणा गर्दै

२०७९ असार ७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ७ असार । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा भएको छ ।

आज राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उहाँ दलको औपचारिक घोषणा हुने भएको छ ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहनुभएको छ । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाउनुभएको छैन ।

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुग्नुभएको हो ।

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उहाँले यो निर्णय लिएको बुझिएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नुहुने छ ।

रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसक्नुभएको छ । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उहाँले यो कार्यालय खोल्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार