स्याङ्जामा बिशेषज्ञ सहित गाउँमै आयुर्वेद सेवा

२०७९ असार ११, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ११ असार । अर्जुनचौपारी गाउँपालिका ३ रापाकोटका ७९ बर्षिय गंगाधर काफ्ले बिशेषज्ञ सहितको आयुर्वेद सेवा गाउँमै पाएपछि खुसी भएका छन । सामान्य उपचारको लागि जिल्ला सदरमुकाम पुतलीबजार र छिमेकी सहर पोखरा जानुपर्ने बाध्यतामा रहेका काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञ सहितको सेवा पाएपछि खुशी भएका हुन् । सामान्य उपचारको लागि धेरै रुपैयाँ खर्चमा दिनै बिताएर ठुला सहरमा जानुपथ्र्यो ।

गाउँपालिकाले गाउमै विशेषज्ञ सहितको सेवा गाँउमै पाएपछि ७९ बर्षिय काफ्ले निकै खुशी भएको बताउनुभयो । काफ्ले जस्तै स्याङ्जाको अर्जुनचौपारी ५ आरुचौरका ७५ बर्षिय मिना पौडेल पनि बिशेषज्ञ सहितको टोलीले गाँउमै सेवा पाउने भएपछि खुशी हुनुभयो उनहाँले बर्षौैदेखि आयुर्बेदीक सेवा लिदै आउनुभएको थियो । तर बिशेषज्ञ सहितको सेवा लिन उहाँ विगत लामो समयदेखि पोखरा जाने गर्नुहुन्थ्यो ।

गाँउमै आयुर्बेदीक सेवा पाउनुले नागरिकमुखी पालिका बनेको अनूभुती आफुलाई भएको पौडेलले सुनाउनुभयो । घुम्ती सेवा स्वरुप थालिएको यो सेवालाई निरन्तरता दिन भने पौडेलले पालिकालाई आग्रह गर्नु्भयो ।

गाउँपालिकाले आयुर्वेद औषाधालयको समन्वयमा गरेको बृहत आयुर्वेद स्वास्थ्य शिविरमा पालिका र पर्वतका ५ देखी ८० बर्षका झण्डै ३ सय नागरिकले सेवा लिएका छन् । नागरिकले स्वास्थ्य रहन आहारबिहार मिलाएर उपभोग गर्नुपर्ने बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जीवन शैलीमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य शिविरमा डा. तुलसी श्रेष्ठ सहितको ११ जनाको टोलीले सेवा दिएको हो । स्वास्थ्य व्यक्तिको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण भन्ने मुल नाराका साथ गरिएको शिविरमा ३१ प्रकारका औषधीहरु निःशुल्क वितरण गरेको आयुर्वेद औषधालय अर्जुनचौपारीका प्रमुख ललित थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय